घर सेवाGhar Sewa
खतरा? झिल्का, जलेको गन्ध, ग्यास → सुरक्षा उपाय
तपाईंहरूको मूल्य सूची छ?

छैन। हरेक काम फरक हुन्छ, त्यसैले काम सुरु गर्नुअघि ज्याला र सामान छुट्टाछुट्टै देखाएर मूल्य बताउँछौं। तपाईंले स्वीकार गरेपछि मात्र काम सुरु हुन्छ।

कति छिटो सम्पर्क गर्नुहुन्छ?

बिहान ९ देखि साँझ ६ बजेसम्म १ घण्टाभित्र फोन गर्छौं। साँझ ६ पछि आएका अनुरोधमा भोलिपल्ट बिहान फोन गर्छौं। भेट्ने समय फोनमै मिलाउँछौं।

जरुरी कामका लागि आउनुहुन्छ?

फोन गर्नुहोस्। प्राविधिक खाली हुनेबित्तिकै पठाउँछौं, तर पुग्ने समयको ग्यारेन्टी गर्न सक्दैनौं। झिल्का, जलेको गन्ध वा ग्यास जस्तो खतरा भए पहिले सुरक्षा उपाय अपनाउनुहोस्।

भुक्तानी कसरी गर्ने?

काम जाँचेपछि त्यहीँ घर सेवाको QR स्क्यान गरेर (इसेवा, खल्ती वा बैंक) भुक्तानी गर्नुहोस्। हाम्रा प्राविधिकले नगद लिँदैनन्। नगद मात्र दिन मिल्ने भए हाम्रो संयोजकले मिलाउनुहुन्छ।

ग्यारेन्टी छ?

छ। हाम्रो कामको कारणले ७ दिनभित्र समस्या आए फेरि नि:शुल्क मर्मत गर्छौं। सामानको ग्यारेन्टी उत्पादकको नियमअनुसार हुन्छ।

रद्द गर्न मिल्छ?

मिल्छ, रद्द गर्दा कुनै शुल्क लाग्दैन। प्राविधिक व्यर्थ नआओस् भनेर सकेसम्म छिटो जानकारी दिनुहोस्।

कुन कुन ठाउँमा सेवा दिनुहुन्छ?

बुटवल र वीरेन्द्रनगर (सुर्खेत) का मुख्य शहर क्षेत्र। यी क्षेत्र बाहिर हुनुहुन्छ भने फोन गर्नुहोस् — सक्छौं कि सक्दैनौं, इमानदारीपूर्वक भन्छौं।

नयाँ घरको वायरिङ र प्लम्बिङ गर्नुहुन्छ?

गर्छौं। ठूला काम साइट निरीक्षणबाट सुरु हुन्छन् र लिखित मूल्य दिइन्छ। थप जानकारी ठूलो काम पृष्ठमा छ।

समस्याको फोटो पठाउन मिल्छ?

मिल्छ — ह्वाट्सएपमा पठाउनुहोस्। यसले भेट्नुअघि काम बुझ्न मद्दत गर्छ।

गुनासो कसरी गर्ने?

घर सेवालाई फोन वा म्यासेज गर्नुहोस्। तपाईंको शहरको संयोजकले २४ घण्टाभित्र जवाफ दिनुहुन्छ; समाधान नभए सञ्चालकले निर्णय गर्नुहुन्छ।